अन्तर्राष्ट्रिय

भारतको कठिन छनोट : रुसी तेल कि अमेरिकी दबाब?

संयुक्त राज्य अमेरिकाले भारतलाई रूसी तेल खरिद बन्द गर्न तीन साताको समयसीमा दिएको छ, अन्यथा अमेरिकी भन्सार दर २५ प्रतिशतबाट ५० प्रतिशत पुर्‍याइने चेतावनी दिएको छ।  

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले अमेरिकी दबाबलाई अनुचित बताउँदै भारतका किसान र राष्ट्रिय हितमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ।  

रूसी तेलले भारतलाई ठूलो आर्थिक लाभ पुर्‍याएको भए तापनि वैकल्पिक आपूर्तिकर्ता खोज्दा देशभित्र इन्धन मूल्यमा वृद्धि हुन सक्ने जोखिम छ। तर, अमेरिकी भन्सार वृद्धिले भारतको निर्यात क्षेत्रमा गहिरो असर पार्न सक्ने देखिएको छ।  

भारतले हालै ब्राजिल, रुस र सम्भावित रूपमा चीनसँग पनि संवाद गर्दै अन्तर्राष्ट्रिय साझेदारी सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ। विश्लेषकहरूका अनुसार भारतले आफ्नो दीर्घकालीन हितलाई प्राथमिकता दिँदै बुद्धिमानीपूर्ण र लचकपूर्ण निर्णय लिनुपर्ने समय आएको छ। एएफपी

प्रकाशित: २४ श्रावण २०८२ ०८:३२ शनिबार