भारतका प्रधानमन्त्री नरेन्द्र मोदी युएई भ्रमणको क्रममा छन्। शुक्रबार अबुधाबी पुगेपछि प्रधानमन्त्री मोदीलाई गार्ड अफ अनरका साथ स्वागत गरिएको थियो।
प्रधानमन्त्री मोदी र राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले द्विपक्षीय बैठक भएको छ। दुई देशबीच एलपीजी आपूर्तिको सम्बन्धमा महत्त्वपूर्ण सम्झौता भएको छ।
दुई देशबीच रणनीतिक पेट्रोलियम भण्डार, रक्षा सहयोग र वादिनारमा जहाज मर्मत क्लस्टरको बारेमा पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
युएईले भारतीय पूर्वाधार, आरबीएल बैंक र सम्मान क्यापिटलमा ५ अर्ब डलर लगानीको घोषणा पनि गरेको छ। विदेश मन्त्रालयका अनुसार दुई नेताले ऊर्जा सुरक्षा, व्यापार, लगानी र पश्चिम एसियाको अवस्थाबारे छलफल गरेका थिए।
यस्तै, मोदीले भारतले हर्मुज जलमार्ग खुला र सुरक्षित रहेको चाहेको बताए। उनले पश्चिम एसियाली युद्धको प्रभाव विश्वभर महसुस भइरहेको र भारतले सधैं वार्ता र कूटनीति मार्फत समाधानको वकालत गरेको छ।
प्रधानमन्त्री मोदीले यस विषयमा अन्तर्राष्ट्रिय कानूनको पालना आवश्यक रहेको बताए। उनले भारत सबै परिस्थितिमा युएईसँग काँधमा काँध मिलाएर उभिएको र त्यसो गरिरहने बताए।
यस्तै उनले भारतले यस क्षेत्रमा शान्ति र स्थिरता पुनर्स्थापित गर्न सबै सम्भव सहयोग गर्ने बताए।
प्रकाशित: १ जेष्ठ २०८३ १४:५३ शुक्रबार



