अन्तर्राष्ट्रिय

गाजामा ‘साँच्चिकै भोकमरी’: ट्रम्प

राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा ‘साँच्चिकै भोकमरी’ भएको बताउँदै त्यहाँ अमेरिका ‘खाद्य केन्द्रहरू’ स्थापना गर्ने बताएका छन्। गाजामा भएको भोकमरीबाट सयौँ सर्वसाधारणको मृत्यु भइरहेकोे समाचार आउँदा उनको यस्तो भनाई आएको हो। उनले  समस्या समाधानको लागी वार्ता सहज बनाउन हमासले बन्धकहरू रिहा गर्नुपर्ने माग फेरि दोहो¥याएका छन्।

गाजामा जारी भोकमरी र कुपोषण सङ्कटका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुखले आगामी दिनहरू मानवीय प्रयासका लागि “निर्णायक” हुने चेतावनी दिएका छन्।

इस्राइलका दुई प्रमुख मानव अधिकार संस्थाहरूले इस्राइलमाथि गाजामा  प्यालेस्टाइनमाथि‘नरसंहार गरिरहेको’ आरोप लगाएका छन्। इस्रायली सरकारका प्रवक्ताले सो प्रतिवेदनलाई अस्वीकार गर्दै भनेका छन्, ‘हामीकहाँ अभिव्यक्ति स्वतन्त्रता छ, तर हामी यस्तो दाबीलाई कडा रूपमा अस्वीकार गर्छौँ।’एजेन्सी

प्रकाशित: १३ श्रावण २०८२ ०७:३४ मंगलबार