अन्तर्राष्ट्रिय

एआई शिखर सम्मेलनमा फ्रान्सेली राष्ट्रपति म्याक्रोंः भारतले बनाएको प्रणाली विश्वमै अद्वितीय

भारत मण्डपममा आयोजित एआई इम्प्याक्ट शिखर सम्मेलनलाई सम्बोधन गर्दै इम्यानुएल म्याक्रोंले भारतको यूपीआई (युनिफाइड पेमेन्ट इन्टरफेस) प्रणालीको प्रशंसा गरेका छन्।

“भारतले त्यो बनाएको छ जुन विश्वका अन्य कुनै देशले बनाउन सकेका छैनन्, ‘म्याक्रोंले भारतको स्वास्थ्य पूर्वाधारको समेत सराहना गर्दै भने,  ‘१ दशमलव ४ अर्ब जनसंख्याका लागि डिजिटल पहिचान, एउटा पेमेन्ट प्रणाली जसबाट हरेक महिना २० अर्ब कारोबार हुन्छ, र यस्तो स्वास्थ्य पूर्वाधार जसअन्तर्गत ५० करोड डिजिटल हेल्थ आईडी जारी गरिएको छ।’

म्याक्रोंका अनुसार १० वर्षअघि मुम्बईका एक सडक व्यापारीले बैंक खाता खोल्न समेत सक्दैनथे, तर आज त्यही व्यापारीले आफ्नै मोबाइल फोनमार्फत डिजिटल भुक्तानी स्वीकार गरिरहेका छन्। एजेन्सी

प्रकाशित: ७ फाल्गुन २०८२ १२:११ बिहीबार