अन्तर्राष्ट्रिय

जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षको उमेमा निधन

जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ। सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले सोमबार उनको निधनको जानकारी दिएको हो।

फुकुदा सेप्टेम्बर २००७ मा प्रधानमन्त्री बनेका थिए। तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको राजीनामापछि जिम्मेवारी सम्हालेका उनले संसदमा देखिएको राजनीतिक गतिरोधका कारण सन् २००८ मा पद छाडेका थिए।

प्रधानमन्त्रीका रूपमा उनले चीनसँग सम्बन्ध सुधारमा जोड दिएका थिए। उनको पहलमा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओले सन् २००८ मा जापान भ्रमण गरेका थिए। दुवै देशले आपसी सम्बन्ध बलियो बनाउने प्रतिबद्धता जनाएका थिए।

फुकुदाले हेपाटाइटिस सी संक्रमणबाट प्रभावित व्यक्तिलाई क्षतिपूर्ति दिने कानुन अघि बढाउन सहयोग गरेका थिए। साथै, उपभोक्ता अधिकार संरक्षणका लागि छुट्टै निकाय स्थापना गर्ने तयारी पनि उनको सरकारले गरेको थियो।

फुकुदा जापानका पूर्वप्रधानमन्त्री ताकेओ फुकुदाका छोरा थिए। उनी सन् १९९० मा संसदमा निर्वाचित भएका थिए र सन् २०१२ मा राजनीतिबाट अवकाश लिएका थिए।

प्रकाशित: ९ कार्तिक २०८३ १२:३८ सोमबार