स्पेन सरकारले शुक्रबार राष्ट्रिय आपतकाल घोषणा गरेको छ। म्याड्रिडको मध्य क्षेत्रमा जंगलमा ठूलो डढेलो लागेपछि सुरक्षाका लागि लगभग १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
यो आपतकालसँगै स्पेनको आन्तरिक मन्त्रालयले प्रहरी र सुरक्षा बलहरूको परिचालनमार्फत डढेलो नियन्त्रण प्रयासको प्रत्यक्ष निगरानी गर्ने जिम्मा लिएको छ।
राजधानी वरपरको फराकिलो क्षेत्रमा फैलिएको म्याड्रिडको क्षेत्रीय सरकारले गर्मीका कारण आगो अनियन्त्रित बनेपछि विभिन्न गाउँबाट १० हजार मानिसलाई अन्यत्र सार्न बाध्य भएको बताएको छ।
स्पेनमा यस वर्ष एक लाख हेक्टरभन्दा बढी जमिन डढेलोका कारण खरानी भइसकेको छ। यसमा ग्वाडालजारा प्रान्तको हालैको डढेलो पनि समावेश छ, जसले मात्रै करिब ३२ हजार हेक्टर जमिन जलाएको थियो।
यस महिनाको सुरुमा दक्षिणी स्पेनमा लागेको डढेलोमा परेर १३ जनाको ज्यान गएको थियो। एजेन्सी
प्रकाशित: ८ श्रावण २०८३ १३:५४ शुक्रबार