अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक इन्धन ट्याङ्कीमा ड्रोन आक्रमण, उडानहरू स्थगित

यूएईको दुबईमा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थित इन्धन ट्याङ्की नजिकै आगलागी भएको भएको छ। दुबई मिडिया अफिसले सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको बताएको हो।

मिडिया कार्यालयका घटनापछि सिभिल डिफेन्सका टोलीहरूले आगलागी नियन्त्रणमा लिएका छन्। उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन्।

दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु र कर्मचारीहरूको सुरक्षाका लागि सावधानी अपनाउँदै विमानस्थलमा उडानहरू अस्थायी रूपमा स्थगित गरिएको बताएको छ।

प्रकाशित: २ चैत्र २०८२ ०८:२६ सोमबार