अन्तर्राष्ट्रिय

ट्रम्प भन्छन् : जोहरान ममदानी मेयर बने भने न्यूयोर्कलाई ‘फन्ड’ दिन गाह्रो हुन्छ

जोहरान ममदानी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि यदि वामपन्थी उम्मेदवार जोहरान ममदानी यस हप्ता न्यूयोर्क सिटीका मेयर निर्वाचित भए भने आफ्ना लागि न्यूयोर्कलाई संघीय कोष (फेडरल फन्ड) पठाउन ‘गाह्रो’ हुनेछ। टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले भने, ‘राष्ट्रपति भएको नाताले न्यूयोर्कलाई धेरै पैसा पठाउन मेरो लागि कठिन हुनेछ, किनभने यदि न्यूयोर्क एउटा कम्युनिस्टको हातमा गयो भने त्यहाँ पठाइने पैसा व्यर्थ जानेछ।’

ट्रम्प प्रशासनले यसअघि पनि डेमोक्र्याटहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूमा सञ्चालन भइरहेका परियोजनाहरूको संघीय कोष घटाउने प्रयास धेरैपटक गरेको थियो।

जनमत सर्वेक्षण (ओपिनियन पोल) अनुसार मंगलबार हुने मतदान अघि जोहरान ममदानी आफ्ना मुख्य प्रतिस्पर्धी, पूर्व न्यूयोर्क गभर्नर एन्ड्र्यू कुओमोभन्दा अगाडि देखिएका छन्।

तर ट्रम्पले यो स्पष्ट गरेका छैनन् कि यदि ममदानीले चुनाव जिते भने संघीय कोषको विषयमा उनको यो भनाइ कसरी लागू हुनेछ र उनले के कदम चाल्नेछन्।

प्रकाशित: १८ कार्तिक २०८२ ०७:२० मंगलबार