अमेरिकामा २०२६ को मध्यावधि चुनावको मतगणना जारी रहँदा डेमोक्र्याटिक पार्टीले प्रतिनिधि सभा र सिनेटमा उत्साहजनक सुरुवात गरेको छ।
एपीका अनुसार प्रतिनिधि सभाका ४३५ सिटमध्ये १३२ सिटको नतिजा सार्वजनिक हुँदा डेमोक्र्याटले ८५ सिट जितेका छन् भने १११ सिटमा अग्रता लिएका छन्। रिपब्लिकनले ४७ सिट जितेका छन् भने ७४ सिटमा अगाडि छन्। सदनमा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ।
सिनेटतर्फ उत्तरी क्यारोलिनामा डेमोक्र्याटिक उम्मेदवार रोय कूपरले रिपब्लिकन माइकल व्हाटलीलाई पराजित गरेका छन्। जर्जियामा सिनेटर जोन ओसफ पुनः निर्वाचित भएका छन्। न्यु ह्याम्पसायरमा डेमोक्र्याटिक उम्मेदवार क्रिस पप्पास पनि विजयी भएका छन्।
जर्जियाको गभर्नरमा डेमोक्र्याटिक उम्मेदवार किएशा लान्स बटम्स विजयी भएकी छन्। उनी अमेरिकाको पहिलो अश्वेत महिला गभर्नर बनेकी छन्। फ्लोरिडामा भने रिपब्लिकनले सिनेट र गभर्नर दुवै सिट जोगाएका छन्।
सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक छ। हाल रिपब्लिकनसँग ५३ र डेमोक्र्याटसँग ४५ सिट रहेकाले सदनको नियन्त्रणका लागि कडा प्रतिस्पर्धा भइरहेको छ। ३५ सिटमा भएको चुनावमा हाल डेमोक्र्याट्सले ११ सिट जितेर ७ सिटमा अग्रता बनाएका छन् भने रिपब्लिकन्सले ५ सिट जितेर ६ सिटमा अग्रता लिइरहेका छन्।
निर्वाचनमा महँगी, इरानसँगको युद्ध, आप्रवासन र लोकतन्त्रको अवस्था प्रमुख मुद्दा बनेका छन्। चुनावको नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका बाँकी दुई वर्षको राजनीतिक दिशा र विधायिकी योजनालाई प्रभावित गर्नेछ।
प्रकाशित: १८ कार्तिक २०८३ ०८:३३ बुधबार