अन्तर्राष्ट्रिय

भारतीय अर्बपति अनिल अम्बानी र उनको कम्पनीविरुद्ध आपराधिक मुद्दा दर्ता

भारतको केन्द्रीय अनुसन्धान एजेन्सी (सिबिआई) ले उद्योगपति अनिल अम्बानी र उनको कम्पनी रिलायन्स कम्युनिकेसन्स लिमिटेड विरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ । भारतकै सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इन्डियाले गरेको उजुरीका आधारमा उक्त मुद्दा दायर भएको सिबिआईले शनिबार जनाएको हो ।  

अरबपति मुकेश अम्बानीका कान्छा भाइ अनिल अम्बानी र रिलायन्स कम्युनिकेसन्सले बैङ्कलाई ठगी गरेर करिब ३० अर्ब भारतीय रुपैयाँ बराबरको  घाटा पु¥याएको सिबिआईले आरोप लगाएको छ ।  

एजेन्सीले मुम्बईस्थित अनिल अम्बानीको घर र हाल टाटपल्टिसेको रिलायन्स कम्युनिकेसन्सका विभिन्न कार्यालयमा छापा मारेको थियो ।  

‘अम्बानीजीको निवास र कार्यालयमा गरिएको छापा  शुक्रवार सकिएको छ ।  अम्बानीले सबै आरोप अस्वीकार गरेका छन् र उहाँ कानुनी प्रक्रियामा जानुहुन्छ,’ अम्बानीका प्रवक्ताले समाचार संस्था रोयर्टसले भनेका छन् ।

सिबिआईका अनुसार अम्बानी र उनको कम्पनीले बैंकका कोषलाई सम्झौताअनुरूप प्रयोग नगरी अन्यत्र दुरुपयोग गरिएको थियो ।

गत महिना भारतको प्रवर्तन निदेशालय(इनफोर्समेन्ट डाइरेक्टोरेट)ले  समेत मनी–लन्डरिङ र सार्वजनिक कोष हिनामिना गरेको अभियोगमा रिलायन्स समूहसँग सम्बन्धित ३५ विभिन्न स्थानमा खोजतलासी गरेको सरकारी स्रोतले जानकारी दिएको थियो । रोयटर्सले प्रश्नमा रिलायन्सले त्यति बेला कुनै  आधिकारिक प्रतिक्रिया दिएको थिएन, तर उक्त समूहका एक स्रोतले ती आरोप अस्वीकार गरेका थिए ।  

प्रकाशित: ८ भाद्र २०८२ १२:४२ आइतबार