चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन, संयमता अपनाउन र जति सक्दोे छिटो वार्ताको माध्यामबाट युद्धविराम गर्न अनुरोध गरेको छ।
हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरुसँगको साक्षातकारको क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले यस्तो बताएका हुन्।
अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको बताए।
चीनले अफगानिस्तान र पाकिस्तानलाई चिनियाँ कर्मचारी, परियोजना र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको समेत लिनले पुष्टि गरे। चीनले तनाव कम गर्न र अफगानिस्तान र पाकिस्तान बीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्ने पनि उनले बताए। सिन्ह्वा
प्रकाशित: ३ चैत्र २०८२ १७:३५ मंगलबार