उत्तरी इटालीको दक्षिण टायरोलस्थित ओर्टलेस पर्वत श्रृंखलाको सिमा भर्टाना शिखर नजिक हिमपहिरोमा परी पाँच जर्मन आरोहीको मृत्यु भएको छ।
आल्प्समा हिमपहिरोमा परेर एक १७ वर्षीया किशाेरीसहित पाँच जर्मन पर्वतारोहीहरूको मृत्यु भएको हो। उद्धारकर्ताहरूका अनुसार शनिवार अपराह्न ४ बजे करिब ३५ सय मिटरभन्दा माथिको उचाइमा हिमपहिरो जाँदा उनीहरू हिउँले बगाएका थिए।
शनिवार दुई पुरुष र एक महिलाको शव फेला परेको थियो भने आइतबार बिहान एक पुरुष र उनकी १७ वर्षीया छोरीको शव भेटिएको हो। आरोहीहरू क्र्याम्पोन र आइस एक्स प्रयोग गर्दै शिखरतर्फ जाँदै थिए।
अधिकारीहरूले बढ्दो तापक्रमले हिउँ अस्थिर बनाएको र हिमपहिरोको जोखिम बढाएको चेतावनी दिएका छन्। पर्वतारोही तथा स्की प्रेमीहरूलाई मौसम र हिमपहिरो सतर्कता अपनाउन तथा उच्च जोखिम क्षेत्रमा नजान आग्रह गरिएको छ। यो क्षेत्र जर्मन पर्यटकमाझ लोकप्रिय छ। एजेन्सी
प्रकाशित: १७ कार्तिक २०८२ १०:२५ सोमबार



