इरानको महलत शहरमा आक्रमण हुँदा ११ जनाको मृत्यु भएको छ। अरु १५ जना घाइते भएका छन्।
मरकाजी प्रान्तको महलत शहरकाे आवासीय क्षेत्र लक्षित गरी हवाइ आक्रमण गरिएको अल जजीराले जनाएको छ।
आक्रमणबाट शहरका तीन आवासीय भवनहरूमा क्षति पुगेकाे बताइएको छ। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ।
महलत बाहेक, तेहरान र इस्फहानका धेरै क्षेत्रहरूमा पनि आक्रमणहरू भएको बताइएको छ।
प्रकाशित: १७ चैत्र २०८२ १३:०४ मंगलबार