भारतको पश्चिम बंगालमा विधानसभा चुनावको मतगणना सोमबार बिहान सुरु भएको छ।
भारतको पश्चिम बंगाल, आसाम, तमिलनाडु, केरला र पुडुचेरी विधानसभा चुनावको मतगणना सुरु भएको हो। सुरुवाती चरणमा पश्चिम बंगालमा तृणमूल कांग्रेस र भाजपा गठबन्धन बीच कडा प्रतिस्पर्धा देखिएको छ।
सोमबार बिहान ८ बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक चरणमा भाजपाले १५७ सिटमा अग्रता लिएको छ भने पश्चिम बंगालमा सत्तारूढ ममता बनर्जीको पार्टी अल इन्डिया त्रिणमूल कांग्रेस (टीएमसी)सहितका गठबन्धन उम्मेदवार ९५ सिटमा अगाडि रहेका छन्।
वामपन्थी गठबन्धन २ सिटमा अगाडि छन्। पश्चिम बंगालमा दुई चरणमा मतदान भएको थियो। यहाँ १५ वर्षदेखि ममता बनर्जीको टिएमसी सत्तामा छ।
प्रकाशित: २१ वैशाख २०८३ ११:२७ सोमबार