अन्तर्राष्ट्रिय

युएइमा इरानी मिसाइलद्वारा एसियाली मुलका एक जनाको मृत्यु

संयुक्त अरब इमिरेट्स (युएई)मा इरानले प्रहार गरेको मिसाइल लागेर एक जनाको मृत्यु भएको युएईको रक्षा मन्त्रालयले जनाएको छ।  

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशमा इरानी ब्यालेस्टिक मिसाइल लागेर एक जनाको एसियाली मुलका एक जनाको मृत्यु भएको तर परिचय भने नखुलेको जानकारी गराएको हो।  

मन्त्रालयका अनुसार, 'इरानले गरेको आक्रमण युएईले आकाशमै रोकेको थियो। तर सानो कण आवासीय क्षेत्रमा खस्दा एक जनाको मृत्यु भएको हो।  

रक्षा मन्त्रालयले यस आक्रमणलाई 'खतरनाक' र 'कायरतापूर्ण' भन्दै युएईले यस घटनाको पूर्ण प्रतिकार गर्ने जनाएको छ। 

प्रकाशित: १६ फाल्गुन २०८२ १७:०२ शनिबार