अन्तर्राष्ट्रिय

पानामामा फेरि ६.१ म्याग्निच्युडको भूकम्प

दक्षिणी पानामामा सोमबार (स्थानीय समय) साँझ ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पबाट मानवीय क्षति वा सम्पत्तिमा नोक्सानी पुगेको कुनै विवरण आएको छैन।

भूकम्प स्थानीय समयअनुसार साँझ ६:२० बजे गएको थियो। यसको केन्द्रबिन्दु देशको दक्षिणमा रहेको रियो ग्रान्डेबाट करिब १८ किलोमिटर पश्चिममा र जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको थियो।

यसअघि शुक्रबार दिउँसो दक्षिणी पानामामा ७.७ र ६.६ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका थिए। त्यसपछि लगातार परकम्प पनि आएका थिए। भूकम्पको केन्द्रबिन्दु नजिकका भवन भत्किएपछि देशभरका मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

प्रकाशित: २७ आश्विन २०८३ ०९:०२ मंगलबार