अन्तर्राष्ट्रिय

डढेलो फैलिएपछि क्यालिफोर्नियामा आपत्काल घोषणा

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको केही क्षेत्रमा योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ।

ओक फायर नाम दिइएको डढेलो शुक्रबारबाट विस्फोटक शैलीमा फैलिन सुरु भएको थियो। तर अग्नि नियन्त्रकहरूले २४ घण्टा बितिसक्दासमेत यसको विस्तारलाई नियन्त्रणमा लिन सकेका छैनन्।

'विस्फोटक रूपमा फैलने आगो अग्नि नियन्त्रकहरूका लागि पनि चुनौतीपूर्ण हुन्छ,' क्यालिफोर्नियाको वारुण विभागले भनेको छ।

डढेलोपछि ३,००० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने १० बढी घरहरू नष्ट भइसकेका छन्।

आगो ११,९०० एकडमा फैलिएको र यो अहिले संयुक्त राज्य अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो रहेको बताइएको छ।

क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपत्काल घोषणा गरिएको छ। बीबीसी

प्रकाशित: ८ श्रावण २०७९ ०६:१३ आइतबार

संयुक्त राज्य अमेरिका अमेरिकाको क्यालिफोर्निया राज्य योसेमिटी राष्ट्रिय निकुञ्ज