अन्तर्राष्ट्रिय

रुससँग लड्न अमेरिकाले युक्रेनलाई १०० किलर ड्रोन दिने

अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत  सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेननलाई दिने भएको हो।  

अमेरिकी सैन्य स्रोतका अनुसार सो मिसाइल प्रणाली ‘व्यक्तिमा पिनपोइन्ट स्ट्राइक’ को लागि डिजाइन गरिएको हो र यसलाई उचित तरिकाले केही माइल टाढाबाट हान्न सकिन्छ।

रूसी डिजाइन भए पनि यस्तो हतियार केही युरोपेली नेटो सदस्यहरूसँग छ। यसलाई युक्रेनको सेनामा मिसाउन सहज  हुने विश्वास गरिएको छ।

प्रकाशित: ३ चैत्र २०७८ ०२:५६ बिहीबार

किभ–युक्रेन अमेरिकी राष्ट्रपति जो बाइडेन