अन्तर्राष्ट्रिय

भारतद्वारा अन्तर्राष्ट्रिय नियमित उडान फेब्रुअरीसम्म बन्द

ओमिक्रोन भेरिएन्टको तीव्र प्रसारणका कारण भारतले अन्तर्राष्ट्रिय नियमित उडान फेब्रुअरी २८ सम्म बन्द गर्ने भएको छ। विशेष हवाई यात्रा व्यवस्थाअन्तर्गत भारतले हाल नेपालसहित विश्वका ३० देशसँग उडान सेवा जारी राखेको छ।  

यो व्यवस्था भने जारी रहनेछ। कोभिड–१९ का कारण मार्च २३ देखि सबै नियमित अन्तर्राष्ट्रिय उडानमा भारतले रोक लगाएको थियो। भारतको नागरिक उड्ययन कार्यालयले बुधबार विज्ञप्ति जारी गरी हवाई कार्गाे सेवा तथा अनुमति प्राप्त हवाईसेवाका लागि यो व्यवस्था लागु नहुने जनाएको छ।

ओमिक्रोन महामारी देखिनुअघि भारतले डिसेम्बर १५ देखि सबै अन्तर्राष्ट्रिय उडानलाई नियमित गर्ने घोषणा गरेको थियो। नागरिक उड्डयन कार्यालयले आगामी दिनमा विकसित हुने परिस्थितिका आधारमा हवाईसेवा नियमित गर्ने मिति निर्धारण हुने जनाएको छ।

प्रकाशित: ६ माघ २०७८ ०१:५५ बिहीबार

ओमिक्रोन भेरिएन्ट भारतद्वारा अन्तर्राष्ट्रिय नियमित उडान फेब्रुअरीसम्म बन्द