अन्तर्राष्ट्रिय

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृ*त्यु

चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ। भूकम्पमा परी ३० जनाभन्दा धेरै घाइते भएको बताइएको छ।

भूकम्पले तीन सयभन्दा बढी घर तथा संरचना भत्किएका छन् भने आपतकालीन व्यवस्थापन ब्यूरोलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले यसबारे जानकारी गराएको छ।  

सिजाङ स्वायत्त क्षेत्रको नाग्छु शहरको बाकेन काउन्टीमा गएराति १० बजेर ३३ मिनेटमा भूकम्प गएको थियो। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य चलिरहेको छ।

प्रकाशित: ६ कार्तिक २०८३ ०७:०५ शुक्रबार