अन्तर्राष्ट्रिय

बेलायती मन्त्रीमण्डलमा हेरफेर

प्रधानमन्त्री बोरिस जोन्सनले मन्त्रीमण्डलमा हेरफेर गर्ने भएका छन्। नयाँ मन्त्री मण्डलमा विदेश मन्त्री डोमिनिक राबलाई अहिलेको मन्त्रालयबाट हटाइएको डाउनिङ स्ट्रीट स्रोतले बुधबार पुष्टि गरेको छ।  

यद्यपि राब न्यायमन्त्री बन्ने र उपप्रधानमन्त्रीको भूमिका पनि निर्वाह गर्ने बताइएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार अफगानिस्तानबाट बेलायतको बहिर्गमन र काबुल तालिबानको कब्जामा गएको केही घण्टापछिसम्म छुट्टीमा रहने निर्णय लिएका राब प्रधानमन्त्रीको निशानामा परेका छन्। रासस

प्रकाशित: ३० भाद्र २०७८ १५:३३ बुधबार

सञ्चार माध्यम