अन्तर्राष्ट्रिय

रेलको ठक्करले ६ जनाको मृत्यृ

भारतको मिर्जापर चुनार रेलवे स्टेशनमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  

कार्तिक पूर्णिमामा स्नान गर्न गइरहेको समयमा एक्सप्रेस रेलले सात/आठ जना भक्तजनलाई किचेको थियो । ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अरु घाइते भएका छन् ।  

घटनापछि स्टेशनमा निक्कै समय आक्रोशसहितको रुवाबासी भयो ।  

दुर्घटना बिहान ९.३० बजे भएको छ। चोपनबाट यात्रुबाहक रेल रेलवे स्टेशनमा आइपुग्दा भीडले केही भक्तजन रेलबाट ओर्लिएका थिएनन् । उनीहरूको अर्को पर्टी पाइला टेकेका थिए । त्यही समयमा तीव्र गतिको रेलले यात्रुलाई ठक्कर दियो ।  

क्षणभरमै रेलवे स्टेलन र ट्रयाक शव र रगतले भरियो । 

प्रकाशित: १९ कार्तिक २०८२ १७:३० बुधबार