अन्तर्राष्ट्रिय

भारतमा भोलिदेखि ५० प्रतिशत अमेरिकी ट्यारिफ

अमेरिकी सरकारले भारतबाट हुने आयातमा २५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने आधिकारिक सूचना जारी गरिदिएको छ। जरिवानाको रूपमा लगाइएको यो टैरिफ भारतीय समय अनुसार २७ अगस्ट बिहान ९ः३१ बजेबाट लागू हुनेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ अगस्टमा रूसबाट तेल खरिद गर्ने कारण भारतमाथि जरिवानाको रूपमा यो ट्यारिफ घोषणा गरेका थिए। यसअघि उनले व्यापार घाटाको कारण देखाउँदै ७ अगस्टदेखि २५ प्रतिशत  टैरिफ लगाइसकेका थिए। अर्थात्, कुल मिलाएर अहिले भारतीय वस्तुहरूमा ५० प्रतिशतसम्म ट्यारिफ लाग्नेछ।

सूचनामा भनिएको छ, ‘यस दस्तावेजमा सूचीबद्ध गरिएका शुल्क भारतबाट आउने वस्तुहरूमा लागू हुनेछन्। यी वस्तुहरू अमेरिकामा प्रयोगका लागि ल्याइने वा गोदामबाट प्रयोगका लागि निकालिने छन्।  

गुजरातका टेक्सटाइल व्यवसायी आशीष गुजरातीले भने, ‘उद्योग सम्पूर्णमा यसको असर पक्कै पर्छ। होम टेक्सटाइल्सको सबैभन्दा ठूलो खरिदकर्ता अमेरिका नै हो।यसले पूरा व्यापार नै अस्तव्यस्त बनाइदिएको छ।’ एजेन्सी

प्रकाशित: १० भाद्र २०८२ १०:५६ मंगलबार