अन्तर्राष्ट्रिय

युएईमा १९ भारतीयसहित ३५ जना पक्राउ, नक्कली समाचार फैलाएको आरोप

इजरायल-इरान द्वन्द्वका बिच संयुक्त अरब इमिरेट्सले सामाजिक सञ्जालमा नक्कली समाचार फैलाएको आरोपमा १९ भारतीय नागरिकसहित ३५ जनालाई पक्राउ गर्न आदेश दिएको छ।

महान्यायाधिवक्ता डा. हमद सैफ अल शम्सले नक्कली समाचारबाट हुने अफवाह र अशान्ति रोक्न डिजिटल प्लेटफर्महरूको अनुगमनपछि यो कारबाही गरिएको बताए।

प्रकाशित: २ चैत्र २०८२ ०९:२१ सोमबार