अन्तर्राष्ट्रिय

डिएसपी सहित ८ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबे पक्राउ

भारतको कानपुरमा डिएसपी सहित ८ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबे पक्राउ परेका छन्। उनलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको हो।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दुबे पक्राउ परेको पुष्टि गरेको बीबीसीले जनाएको छ। उनका अनुसार दुबे अहिले मध्य प्रदेशको प्रहरी कस्टडीमा छन्।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले विकास दुबेलाई पक्राउ गर्न सफल भएकोमा मध्य प्रदेश प्रहरीलाई बधाई दिएका छन्।

उनलाई उज्जैनको महाकाल मन्दिरका सुरक्षाकर्मीले पक्राउ गरेर मध्य प्रदेश प्रहरीलाई बुझाएका थिए।

 

 

 

प्रकाशित: २५ असार २०७७ ०५:२१ बिहीबार

विकास दुबे