अन्तर्राष्ट्रिय

अमेरिकी स्वतन्त्रताको २५० वर्ष : देशभर परेड, ट्रम्पले सम्बोधन गर्ने

अमेरिकाले स्वतन्त्रताको २५० वर्ष मनाउँदैछ। फिलाडेल्फिया, न्यूयोर्क र वाशिंगटन डीसीलगायत सबै ५० राज्यहरूमा परेड, ऐतिहासिक कार्यक्रम र संगीत कन्सर्टहरू आयोजना भइरहेका छन्।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयपछि राष्ट्रलाई सम्बोधन गर्ने छन्, त्यसपछि राजधानी वाशिंगटन डीसीमा इतिहासकै सबैभन्दा ठूलो आतिशबाजी प्रदर्शन गरिनेछ।

तीव्र गर्मी र खराब मौसमको चुनौतीका बाबजुद पनि ठूलो संख्यामा मानिसहरू उत्सवमा सहभागी भइरहेका छन्। फिलाडेल्फियामा दिउँसो १२ बजे घण्टी बजाइएको थियो। स्वतन्त्रता युद्धका दृश्यहरू इन्डिपेन्डेन्स मलमा प्रक्षेपण गरिएको थियो।

जुलाई ४, १७७६ मा उत्तर अमेरिकाका १३ ब्रिटिश उपनिवेशहरूले स्वतन्त्रताको घोषणासँगै बेलायतबाट अलग हुने निर्णय गरे। संयुक्त राज्य अमेरिकाले यस उत्सवलाई 'अमेरिका २५०' नाम दिएको छ। एजेन्सी

प्रकाशित: २१ असार २०८३ ०८:५२ आइतबार