अन्तर्राष्ट्रिय

अफगानिस्तानमा चार जिल्लास्तरीय प्रहरी अधिकृत मारिए

तालुक्वान- अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन्।
तालिबानी लडाकूहरुले राखेको विद्युतीय धरापमा परी उनीहरुको शुक्रबार बिहान मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्।

'तखार प्रान्तमा पर्ने वार्साज जिल्लाका प्रहरी प्रमुख अफ्जाल हकिमी र उनका अरु तीन जना सहकर्मीको मृत्यु भएको छ,' तखार प्रान्तको प्रान्तीय सरकारका प्रवक्ता जवाद हिजीरीले सिन्ह्वासँग भने।

घटना भएको ठाउँ प्रहरी प्रमुख हकिमीको गृहजिल्ला जाने बाटोमा पर्दछ। त्यो क्षेत्र तालिबान लडाकूहरुको बढी प्रभाव रहेको क्षेत्र मानिन्छ। सिन्ह्वा

प्रकाशित: २९ कार्तिक २०७६ १०:४८ शुक्रबार

फगानिस्तान प्रहरी अधिकृत