अन्तर्राष्ट्रिय

भेनेजुएलाका कूटनीतिज्ञलाई देश छाड्न एल साल्भाडोरको निर्देशन

मेक्सिको सिटी (एजेन्सी) – मध्य अमेरिकी राष्ट्र एल साल्भाडोरले आफ्नो देशमा रहेका भेनेजुएलाका सबै कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ।

एल साल्भाडोरले भेनेजुएलाका विपक्षी नेता  उवान गुआइडोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएको छ। एल साल्भाडोरले जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा राष्ट्रपतिका लागि नयाँ चुनाव नहुँदासम्म गुआइडोलाई मान्यता दिइएको उल्लेख छ।

वक्तव्यमा ४८ घण्टाभित्र सबै कूटनीतिज्ञ फिर्ता लैजान भेनेजुएला सरकारलाई जानकारी दिइसकेको पनि जनाइएको छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:५८ सोमबार

भेनेजुएला एल_साल्भाडोर