अन्तर्राष्ट्रिय

आईएसका प्रमुख बग्दादी मारिएको भिडियो सार्वजनिक

काठमाडाैँ – आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बकर अल बग्दादीविरुद्ध गरिएको अपरेशनको भिडियो भएकाे छ। अमेरिकाले बग्दादीविरुद्ध गरिएको अपरेशनको भिडियो सार्वजनिक गरेको हाे। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी सुरक्षा विभाग (पेन्टागन)ले बग्दादीविरुद्ध गरिएको अपरेशनको भिडियो र तस्वीर सार्वजनिक गरेको हो ।

सेन्ट्रल कमान्डका कमान्डर जनरल केनेथ म्याकेन्जीले बुधबार पत्रकार सम्मेलन गर्दै बग्दादीविरुद्ध गरिएको अपरेशन गर्दै बग्दादीविरुद्ध गरिएको अपरेशनको तस्वीर र भिडियो सार्वजनिक गरिएको जानकारी दिएका हुन् ।

सेन्ट्रल कमाण्डको ट्वीटर ह्यान्डलबाट सार्वजनिक गरिएको भिडियो भने मात्र १० सेकेन्डको छ । उक्त भिडियोमा सुरक्षाकर्मीहरुले बग्दादी रहेको कम्पाउण्डलाई बाहिरबाट घेरा हाल्न लागेको देख्न सकिन्छ ।अमेरिकाको विशेष सुरक्षा बलले शनिबार सिरियामा गरेको अपरेशनका दौरान बग्दादी मारिएका थिए ।

 

 

प्रकाशित: १४ कार्तिक २०७६ ०५:५५ बिहीबार

आतंकवादी_संगठन अबु_बकर_अल_बग्दादी