अन्तर्राष्ट्रिय

भारतीयमूलका अर्थशास्त्रीसहित तीनजनालाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम – द रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा अभिजित बनर्जी, इस्थर डुफ्लो र माइकल क्रेमरलाई दिने घोषणा गरेको छ।

उनीहरुलाई विश्वव्यापी गरिबी हटाउन गरिएको खोजका लागि नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताइएको छ। अर्थशास्त्रतर्फ यस वर्ष नोबेल पुरस्कार प्राप्त गर्नेमध्येका एक अभिजित बनर्जी भारतीय मुलका अमेरिकी अर्थशास्त्री हुन्।

त्यसैगरी अभिजितकी श्रीमतीसमेत रहेकी इस्थर फ्रान्सेली नागरिक हुन् भने माइकल अमेरिकी नागरिक हुन्।
इस्थर अर्थशास्त्रमा सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार जित्ने महिला बनेकी छन्। यसका साथै अर्थशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गर्ने उनी दोस्रो महिला पनि बन्न सफल भएकी छन्।

 

 

 

प्रकाशित: २८ आश्विन २०७६ ०३:०० मंगलबार

द_रोयल_स्वीडिस_एकेडेमी_अफ_साइन्सेस अर्थशास्त्री अर्थ नोबेल_पुरस्कार