अन्तर्राष्ट्रिय

सैन्य शिवीरमा आक्रमण चारको मृत्यु

बैंकक – थाइल्यान्डको दक्षिण भागमा पर्ने पत्तानी प्रान्तमा संदिग्ध मुसलमान आतंककारी समूहले सैन्य शिविरमा गरेको एक आक्रमणमा परी चारजनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।

मंगलबार अबेर राति पत्तानी प्रान्तको दुर्गम इलाकामा रहेको स्थानमा विद्रोही समूहले ग्रिनेड र स्वचालित बन्दुकको प्रयोेग गरी आक्रमण गरेको सेनाका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्।

मलय मुसुलमान समुदायको बाहुल्यता रहेको सुदुर दक्षिणमा पर्ने इलाकामा १५ वर्षयता जारी द्वन्द्वमा परी सात हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। मंगलबार आतंककारी समूहले गरेको शिविर आक्रमणमा सेनाको एक मेजर, दुई सुरक्षा स्वयंसेवी र एक गाउँलेकोे मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ।  आक्रमणमा परी घाइते भएका दुई जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको र ती दुवैको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

प्रकाशित: ९ श्रावण २०७६ ०२:०२ बिहीबार

सैन्य_शिवीर