अन्तर्राष्ट्रिय

बोइङ ७३७ विमान फ्लोरिडा नदीमा खसेपछि २१ जना घाइते

काठमाडौँ - १ सय ४३ मान्छे बोकेको बोइङ ७३७ विमान फ्लोरिडा नदीमा चिप्लिएर खसेपछि २१ जना घाइते भएका छन्।

नौसेना एयर स्टेशन जैक्सनविलेका एक प्रवक्ताका अनुसार शुक्रबार उक्त विमान ल्यान्डिङ गर्ने क्रममा रनवेबाट चिप्लिएर नदीमा खसेपछि विमानमा चढेका ती मान्छेहरु घाइते भएका हुन्। अहिलेसम्म कुनै मनाविय क्षति भएको जानकारी आएको छैन्।

नौसेना विमानस्थल ग्वाण्टानामो बेबाट आएको उक्त विमान स्थनीय समय अनुसार ९ः४० मा साँझ नदीमा डुबेको थियो। कम्पनीले घटनाको बारेमा प्राप्त भएकाे जानकारी संचार माध्यमलाइ जानकारी गराइएकाे बोइङका प्रवक्ताले बताए ।

प्रकाशित: २१ वैशाख २०७६ ०५:४१ शनिबार

बोइङ_७३७ फ्लोरिडा_नदी विमान घाइते