अन्तर्राष्ट्रिय

गाेवा घुम्न गएकी महिला हाेटल मृत फेला

काठमाडाैँ - हिमांचल प्रदेशकी २५ वर्षीय एक महिला गोवाको एक होटलमा मृत अवस्थामा फेला परेकी छिन्। प्रहरीका अनुसार मृत अवस्थामा फेला परेकी महिलाको नाम अल्का साइनी रहेको छ। मृत फेला परेकी साहनी र उनका प्रेमी अरपोराको विच गाउँकाे होटलमा अप्रिल २० तारेखमा कोठा लिएर बसेको थिए।

गोवा प्रहरीले दिएको जानकारी अनुसार प्रेमीको खोजी भइरहेको छ।शनिबार साहनीको मृत शरिरलाई सबैभन्दा पहिला होटलका सरसफाइ कर्मचारीले देखेका थिए। प्रहरीले मृत शरिरलाई पाेष्टमार्टमको लागि नजिक रहेको गोवा मेडिकल कलेजमा पठाएको छ।

होटलका कर्मचारी जानुभन्दा आगडि सीसीटीभी फुटेजमा दुइ जना थप ब्यक्ति प्रवेश गरिएको देखिएपछि प्रहरीले अनुसन्धान उनीहरु तर्फ पनि तेर्साएको छ। प्रहरीका अनुसार यस विषमा छनविन भइरहेको बताएको छ। प्रहरीले प्रेमी र सीसीटीभीमा देखिएका ती ब्यक्तिको खोजी गर्नको लागि सबै पुलिस स्टेशन निर्देशन दिएको छ। उक्त मुद्दामा कानुनी प्रक्रिया पुर्याएर अन्जुना पुलिस स्टेशनले कारवाही प्रक्रिया आगाडि बढाएको छ।

प्रकाशित: १५ वैशाख २०७६ ०७:१२ आइतबार

हिमांचल_प्रदेश महिला होटल मृत