अन्तर्राष्ट्रिय

पेरिसको एक चर्चमा आगलागी

पेरिस - फ्रान्सको राजधानी पेरिसको एक चर्चमा आगलागी भएको छ। ८ सय ५० वर्ष बढी पुरानो विश्व चर्चित चर्च नोट्र डाम क्याथेड्रलमा आगलागी भएको हो। आगलागी अझैं नियन्त्रणमा आएको छैन। अग्निनियन्त्रकहरु आगो नियन्त्रणमा लिने प्रयासमा लगातार जुटिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ। आगलागीबाट के कति क्षति भयो भन्ने विवरणहरु आएका छैनन्।

प्रकाशित: ३ वैशाख २०७६ ०१:४८ मंगलबार

पेरिस चर्च नोट्र_डाम_क्याथेड्रल