अन्तर्राष्ट्रिय

पर्वत चढदै दुई कोरियाका राष्ट्रप्रमूख

काठमाडौ–शिखर बैठकका लागि प्योङयाङ पुगेका दक्षिण कोरियाली राष्ट्रपति मून जाई ईन र उत्तर कोरियाली नेता किम जोङ उनले एकैसाथ पवर्तारोहण गर्न लागेका छन्।  उत्तर कोरिया र चीनको सीमा क्षेत्रमा अवस्थित बेक्दु पर्वतको आरोहण गर्न लागेका हुन्।

सो पर्वतलाई कोरियालीहरूले आफ्नो आध्यात्मिक जन्मथलो मान्दछन्। पर्वातारोहणसँगै मून को तीन दिने उत्तर कोरिया भ्रमण समाप्त हुनेछ । शिखर बैठकमा छलफलका क्रममा उत्तर कोरियाका नेता किमले आफ्नो देशमा रहेका क्षेप्यास्त्र परीक्षण तथा प्रक्षेपण गर्ने केन्द्र बन्द गर्न सहमत भएको मूनले जनाएका छन्।

दक्षिण कोरियाली नेता मूनले दुई कोरियाली देशबीचको ७० वर्ष लामो शत्रुतापूर्ण सम्बन्धमा सुधार गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन्।

 

प्रकाशित: ४ आश्विन २०७५ ०७:२७ बिहीबार

दक्षिण_कोरिया उत्तर_कोरिया बेक्दु_पर्वत