अन्तर्राष्ट्रिय

पहिला अण्डा कि चल्ला? क्वानटम भन्छ दुवै ‘पहिला’

बिबिसी - पहिला चल्ला आएको थियो कि अण्डा भन्नेमा प्राचीन ग्रीक विचारकबीच पनि बहस भएको थियो तर कुनै पनि तर्कले मैतक्यता पाएको थिएन।

पहिला चल्ला आएको थियो कि अण्डा भन्ने प्रश्नले दर्शनशास्त्री तथा वैज्ञानिकहरूले शदियौंदेखि दिमाग खाइरहेको थियो। तपाईंलाई के लाग्छ? पहिला चल्ला आयो कि अण्डा?

यदि तपाईं अण्डा भन्ने जवाफ दिनुहुन्छ भने अण्डा आयो कहाँबाट भन्ने प्रश्न उब्जिन्छ।

यदि तपाईं चल्ला भन्नुहुन्छ भने फेरि उही प्रश्न दोहो-याउनु पर्नेहुन्छ आखिर चल्ला आयो कहाँबाट? चल्ला त अण्डाबाटै आएको हुनुपर्छ।

यदि यसलाई स्वीकार गर्ने हो भने चल्लाभन्दा अण्डा नै पहिला आएको हुनुपर्छ। तर फेरि पनि उही प्रश्न दोहोरिन्छ चल्ला त अण्डाबाटै निक्लेको हुनुपर्छ, तर जुन अण्डाबाट त्यो चल्ला निस्केको हो त्यो अण्डा चाहीँ आएछ कहाँबाट?

यो प्रश्नले दिमाग खान्छ तर चित्तबुझ्दो जवाफ भेटिन्न।

तर, अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयको वैज्ञानिक तथा फ्रान्सको संस्था एनइएलले  के प्रमणित गर्ने दाबी गरेका छन् भने क्वान्टम फिजिक्सअनुसार चल्ला र अण्डा दुवै नै पहिला आएको हो।

क्विन्सल्यान्ड विश्वविद्यालयको सेन्टर अफ एक्सलेन्स फर क्वान्टम इन्जिनियरिङका भौतिक विज्ञान विज्ञ ज्याकी रोमेरोले भने क्वान्टम मेकानिक्स अनुसार यो कुनै प्रकारले नियमित क्रमबिना नै भएको हुनसक्छ। उनी भन्छन्, ‘हामी आफ्नो दैनिक आउजाउको दैनिकीलाई नै लिउँ न। हामी केही दूरी ट्रेनमा त केही दूरी बसमा यात्रा गर्छौं। सामान्यतया हामी पहिला बस चढ्छौं अनि ट्रेन वा त्यसको ठिक विपरीत।’

उनीहरुको शोधअनुसार अण्डा र चल्ला दुवै नै पहिल्यैदेखि थियो। जसलाई अनिश्चितताको कारणको क्रम मानिन्छ। जसलाई हामी दैनिक जीवनमा वास्ता गरिहेको हुँदैनौं।

वैज्ञानिकको भनाइ
प्रयोगशालामा यस आदिम प्रश्नको जवाफ खोज्न शोधकर्ताहरुले फोटोनिक क्वान्टम स्वीच नामक एक समिकरणको उपयोग गरे।

रोमेरोले बताए, ‘क्वान्टक स्विचसँगै यस शोध कार्यमा दुई घटना क्रम जेमा निर्भर रहन्छ त्यसैलाई कन्ट्रोल भनिन्छ। कम्प्युटरको बिट्सको उदाहरण लिँउ जसको मानक ‘०’ वा ‘१’ हुन्छ । हाम्रो शोधमा यदि कन्ट्रोल मानक ‘०’ भयो भने ‘बि’ भन्दा पहिला ‘ए’ हुन्छ । यदि कन्ट्रोल मानक ‘१’ भयो भने ‘ए’ भन्दा पहिला ‘बि’ हुन्छ।’

‘के हुन्छ भने क्वान्टम फिजिक्समा एकमाथि अर्को चिज खप्टिने प्रक्रियामा बिट्स हुन सक्छ । जसको अर्थ त्यसको मानक एकै समयमा ‘०’ वा ‘१’ हुन सक्छ। यसर्थ, के निश्चित हुन्छ भने बिट्सको मानक अपरिभाषित छ। साथै, कन्ट्रोलको अनिश्चित मानकको कारण जुन क्रम तय हुन्छ त्यसले के पुष्टि गर्छ भने ‘ए’ वा ‘बि’ घटनाका बीच अपरिभाषित क्रम हुन्छ,’ रोमेरोले बताए।

उनका अनुसार सामान्यतया एक वा अर्को कारण मध्ये एउटा मात्र कारण सत्य हुन्छ। तर क्वान्टम फिजिक्समा वास्तविकता अर्कै हुन्छ। यदि यी दुवै अभिव्यक्ति सही छन् भने जे निष्कर्ष निस्कन्छ त्यसलाई हामी अपरिभाषित अस्थिर क्रमका रुपमा बुझ्छौं।

फोन्टासको भूमिका
शोधमा रुपान्तरण देखिन्छ या प्रकाशका कण वा फोटोनको आकारमा फेरबदल हुन्त त्यो हेरिएको छ। रोमेरोले बिबिसीलाई भने, ‘यो फेरबदल प्रकाशीय धुवीकरण (अप्टिकल पोलोराइजेसन) गुणमा निर्भर गर्छ।’ उनका अनुसार आकार परिवर्तनको केही सम्भावना हुन्छ तर यस रुपान्तरण तथा धु्रवीकरण विकल्पको केही परस्पर सम्बन्धको पनि एक सीमा हुन्छ। शोधका क्रममा हामीले सो सीमा तोडिएको पायौं तर हामी के निष्कर्ष नजिक पुग्यौं भने ‘ए’ र ‘बि’को बीच एक अनिश्चित क्रम छ।

बढन् सक्छ कम्प्युटरको गति
यो शोधले के सम्भावना देखाएको छ भने कम्प्युटरको विद्यमान गतिलाई अत्यन्तै व्यापाक रुपमा बढाउन सकिन्छ । जसबाट सञ्चारको क्षेत्रमा अर्को ठूलो फड्को मार्न सक्छ। यसकारण पनि कि साधारणतया गणना गर्दा दुई कणको आवश्यकता हुन्छ। तर क्वान्टम स्विच मार्फत मात्र एक कणबाट पनि गणनाको काम सम्भव हुन सक्छ। रोमेरोका अनुसार जुलियो किरिबेलाको सिद्धान्त जसमा के दर्शाइएको छ भने क्वान्टम स्विचको मद्दतबाट कयौं इन्टरफेस च्यानलमा सञ्चार सम्भव छ।

वास्तवमा अण्डा र चल्लाको प्रश्न त सदियौंदेखि चलिआएको एक उपमा मात्र हो। कुन पहिला आएको होला भनेर धेरै जनाले धेरै पटक दिमाग खियाउने काम गरेका छन्। तर यस शोधले सो प्रश्नमाथि नै प्रश्न गर्दै ‘पहिला’ भनेको के भन्ने कुराको खोज गरेको छ । निश्चित रुपमा दुवै घटना पहिलो पटक नै हुन्छ।

प्रकाशित: २६ भाद्र २०७५ ०४:५७ मंगलबार

अण्डा कुखुरा चल्ला