अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

काठमाडौं- संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन भएक छ। नोवेल शान्ति पुरस्कार समेत विजेता अन्नानको ८० वर्षको उमेरमा निधन भएको हो। अन्नान सातौ महासचिव हुन्।  

अन्नान अफ्रिकन मुलबाट विश्वको उच्च कुटनीतिक ओहोदामा पुग्ने व्याक्ति हुन्। उनी सन् १९९७ देखि २००६ सम्म दुई पटक संयुक्त राष्ट्र संघको महासचिव बने।  

उनले संयक्त राष्ट्र संघको विशेष प्रतिनिधि भएर सिरियामा शान्ति स्थापनाको लागि समेत काम गरेका थिए। अन्नान सन् ८ अप्रिल १९३८ मा घानको कुमासीमा जन्मिएका थिए। उनका श्रीमती र तीन सन्तान छन्।

प्रकाशित: २ भाद्र २०७५ ०९:५८ शनिबार

कोफी_अन्नान निधन