भारतीय परराष्ट्र मन्त्रालयले इस्लामाबादको जी–११ अदालतमा भएको आत्मघाती हमलासम्बन्धी पाकिस्तानका आरोपहरूमा प्रतिक्रिया दिएको छ।परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने, ‘पाकिस्तानी नेतृत्वले लगाएका बेबुनियाद र निराधार आरोपहरूलाई भारतले अस्वीकार गर्छ।’
उनले थपे, ‘यो पाकिस्तानको एउटा रणनीति हो — जसमार्फत उसले भारतविरुद्ध झूटा कथा बनाएर आफ्नै देशमा सेना प्रेरित संवैधानिक तोडफोड र सत्ताको कब्जा गर्ने प्रयासबाट जनताको ध्यान हटाउन खोजेको हो।’
भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ताले भने, ‘अन्तर्राष्ट्रिय समुदाय यो वास्तविकताबाट राम्रोसँग जानकार छ र पाकिस्तानका ध्यान–भटकाउने चालबाजीबाट भ्रमित हुने छैन।’
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इस्लामाबादको जी–११ अदालतमा भएको आत्मघाती आक्रमणको निन्दा गर्दै आरोप लगाएका छन् कि यो आक्रमणमा ‘भारत समर्थित’ चरमपन्थी समूह संलग्न छन्। यस आक्रमणमा १२ जनाको मृत्यु भएको छ। एजेन्सी
प्रकाशित: २६ कार्तिक २०८२ ०७:२७ बुधबार