अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा भियतनामसँग व्यापार सम्झौताको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन्। यस सम्झौता अन्तर्गत अमेरिकाले भियतनामबाट आयात हुने सामानहरूमा २० प्रतिशत कर लगाउने छ।

ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, 'यो सम्झौता अनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क लगाउने छैन।'

यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको थियो। यो जुलाईको दोस्रो हप्तामा लागू हुने भनिएको थियो।

युरोपेली संघ र जापान लगायत दर्जनौं देशहरू हाल अमेरिकी भन्सार लागू हुनुभन्दा पहिले अमेरिकासँग व्यापार सम्झौता गर्न प्रयासरत छन्।

ट्यारिफ भनेको आयातमा लगाइएको शुल्क हो जुन अर्को देशबाट सामान आयात गर्ने कम्पनीले तिर्छ। एजेन्सी

प्रकाशित: १९ असार २०८२ ११:१९ बिहीबार

#Nagariknews