अन्तर्राष्ट्रिय

जी–७ नेताहरूले वक्तव्यः इरान आतंकको कारक, इजरायललाई रक्षाको अधिकार

क्यानडाको कानानास्किसमा बसेको जी–७ देशका नेताको शिखर सम्मेलनले जारी इजरायल र इरानबिचको द्वन्द्वका बारेमा धारणा जारी गरेको छ। जी–७ मा अमेरिका, क्यानडा, बेलायत, जापान, फ्रान्स, जर्मनी र इटाली समावेश छन्।

क्यानडामा बसेको जी–७ देशका नेताहरूको सम्मेलनले जारी गरेको वक्तव्य इजरायलको पक्षमा छ।  

वक्तव्यमा इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार रहेको विषय प्राथमिकताका साथ उल्लेख छ। ‘हामी जी–७ का नेता मध्यपूर्वमा शान्ति र स्थिरताका लागि आफ्नो प्रतिबद्धता दोहो¥याउँदछौँ । साथै इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ,’ वक्तव्यमा भनिएको छ।  

यस्तै वक्तव्यमा इरानलाई ‘क्षेत्रीय अस्थिरता र आतंकको असली स्रोत’ भनिएको छ। ‘हामी लगातार भनिरहेका छौँ कि इरान परमाणु हतियार कहिल्यै पनि हासिल गर्न सक्दैन,’ जी–७ का नेताहरूले भनेका छन्।  

यस्तै वक्तव्यमा इरान संकटको समाधानले मात्र मध्यपूर्वमा युद्धको स्थितिमा व्यापक कमी आउने’ पनि जी–७ नेताहरूले भनेका छन्र जसमा गाजा र लेबननको युद्धविराम पनि सामेल रहेको वक्तव्यमा भनिएको छ।  

यस्तै जी–७ का नेताहरूले अन्तर्राष्ट्रिय ऊर्जा बजारलाई लिएर सतर्क रहने र बजारको स्थिरता रक्षाका लागि मिलेर काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन्।  

बिबिसीको सहयोगमा

प्रकाशित: ३ असार २०८२ १५:०२ मंगलबार

#Iran-Israel War #G-7 Leadres #NagarikNews