इजरायलले इरानमाथि आक्रमणको घोषणा गरेपछि तेलको मूल्य बढेको छ।
आक्रमणको समाचारपछि बेन्चमार्क अनुबन्धहरू, ब्रेन्ट क्रूड र निमेक्स लाइट स्वीट, १० प्रतिशतभन्दा बढीले बढेको छ।
इरान र इजरायलबिचको द्वन्द्वले इरानबाट हुने तेल आपूर्तिमा बाधा पुर्याउन सक्ने चिन्ता व्यापारीहरू व्यक्त गरेका छन्।
कच्चा तेलको मूल्यमा भएको वृद्धिले खाद्यान्नको मूल्यदेखि कारको इन्धनको लागतसम्म सबै कुरालाई असर गर्छ।
विश्लेषकहरूले बिबिसीलाई बताएअनुसार व्यापारीहरूले आगामी दिनहरूमा इरानले बदला लिन्छ कि लिँदैन भन्ने कुरामा नजर राखिरहेका छन्। एजेन्सी
प्रकाशित: ३० जेष्ठ २०८२ ११:१२ शुक्रबार