अन्तर्राष्ट्रिय

ट्रम्पको ट्यारिफमा संघीय अदालतको रोक

अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक कर लगाउने निर्णयलाई रोक लगाएको छ।

यो निर्णयलाई ट्रम्पको आर्थिक नीतिको एक महत्वपूर्ण भागमाथि ठूलो प्रहार मानिएको छ।

अन्तर्राष्ट्रिय व्यापार अदालतले ह्वाइट हाउसले लागू गरेको आपतकालीन कानुनले राष्ट्रपतिलाई लगभग सबै देशमा कर लगाउने एकतर्फी शक्ति नदिने फैसला गरेको छ।

म्यानहट्टनस्थित अदालतले अमेरिकी संविधानले कांग्रेसलाई अन्य देशहरूसँगको व्यापार नियमन गर्ने विशेष अधिकार दिएको र अर्थतन्त्र सुरक्षित गर्ने राष्ट्रपतिको जिम्मेवारीले यसलाई ओझेलमा पार्न नसकिने बताएको छ।

ट्रम्प प्रशासन ह्वाइट हाउस फर्किएपछि अदालतले चीन, मेक्सिको र क्यानडामा लगाइएको छुट्टाछुट्टै करलाई पनि रोक लगाएको छ।

केही मिनेटमै ट्रम्प प्रशासनले यस अदालतको निर्णयविरुद्ध पुनरावेदन दायर गरेको छ।

प्रकाशित: १५ जेष्ठ २०८२ १२:११ बिहीबार

#Donald Trump #Nagariknews