अन्तर्राष्ट्रिय

अमेरिकीहरूको पोस्ट सेन्सर गर्नेलाई भिसा प्रतिबन्ध लगाइने

अमेरिकी सरकारले बुधबार अमेरिकी प्राविधिक कम्पनीहरूद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्महरूमा अमेरिकीहरूका पोस्टहरू सेन्सर गर्नेहरूलाई भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो निर्णय लिने अमेरिका पहिलो देश हो।

विदेशमन्त्री मार्को रुबियाले भनेका छन्, 'यदि कुनै विदेशी अधिकारीले अमेरिकी जनतालाई आफ्नो देशमा गिरफ्तारी वा अन्य सजायको धम्की दिएर पोस्टहरू सेन्सर गर्छ भने यो स्वीकार गरिने छैन।'

उनले अमेरिकी टेक प्लेटफर्महरूमा सामग्री हटाउन वा नियन्त्रण गर्न माग गर्ने विदेशी अधिकारीहरूमाथि भिसा प्रतिबन्ध लगाइने बताए।

रुबियोले भने, 'विदेशी अधिकारीहरूले अमेरिकी नागरिकहरूलाई उनीहरूको सामाजिक सञ्जाल पोस्टको लागि गिरफ्तार गर्ने धम्की दिनु स्वीकार्य छैन। यद्यपि, यस कथनमा कुनै विशेष देश वा अधिकारीको नाम उल्लेख गरिएको छैन।

रुबियोले केही विदेशी नागरिकहरूले आधिकारिक पद धारण गर्दा पनि अमेरिकी प्राविधिक कम्पनीहरू र अमेरिकी नागरिकहरूविरुद्ध 'सेन्सरशिप' मा संलग्न भए पनि उनीहरूसँग त्यस्तो अधिकार नभएको बताए।

विश्वभर प्रयोग हुने अधिकांश सामाजिक सञ्जाल प्लेटफर्महरू अमेरिकी प्राविधिक कम्पनीहरूसँग सम्बन्धित छन्। कम्पनी एक्सका मालिक एलोन मस्क हुन्, फेसबुक र मेटाका सीईओ मार्क जुकरबर्ग हुन्, जबकि युट्युब र गुगल पनि अमेरिकी कम्पनीहरू हुन्।

धेरै युरोपेली र एसियाली देशहरूले अमेरिकी सामाजिक सञ्जाल कम्पनीहरूविरुद्ध कानुनी कारबाही गरिरहेको बेला अमेरिकाले नयाँ भिसा प्रतिबन्ध लगाएको हो। यी देशहरूले सामाजिक सञ्जाल सामग्री हटाउन सूचना जारी गरे र सजाय पनि सुनाए।

रुबियोले भने, 'विदेशीहरूलाई अमेरिकी नागरिकको पोस्ट सेन्सर गर्ने अधिकार छैन।' एजेन्सी

प्रकाशित: १५ जेष्ठ २०८२ ०९:१५ बिहीबार

#donald trump #Nagariknews