भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादप्रति शून्य सहिष्णुता नै विश्व शान्तिको बाटो हो भन्दै आतङ्कवाद र वार्ता सँगसँगै नहुने प्रस्ट्याएका छन्।
'पानी र रगत एउटै धारामा बग्न सक्दैन,’ सोमबार राति ८ बजे राष्ट्रका नामको सम्बोधनमा उनले भने, 'आतङ्ककारी र तिनका संरक्षकलाई फरक हेरिने छैन।'
पाकिस्तानको आग्रहमा भारतले कारबाही स्थगित गरेको भन्दै यदि फेरि आतङ्ककारी साहस देखाइयो भने भारतले अझ कडा जवाफ दिने चेतावनी दिए। ‘अपरेसन सिन्दूर’ मार्फत सयभन्दा बढी आतङ्ककारी मारिएको उल्लेख गर्दै आतङ्कवाद र वार्ता सँगसँगै नहुने प्रस्ट्याए।
पाकिस्तानसँगको युद्धविरामलाई अस्थायी भएको बताउँदै आतङ्ककारी हमला दोहोरिएमा कडा जवाफ दिने चेतावनी दिने मोदीले बताएका छन्।
प्रकाशित: ३० वैशाख २०८२ ०७:०१ मंगलबार