अन्तर्राष्ट्रिय

रोबर्ट प्रिभोस्ट बने नयाँ पोप, आफ्नो पहिलो सन्देशमा के भने?

रोबर्ट प्रिभोस्ट भ्याटिकनको नयाँ पोप निर्वाचित भएका छन्। प्रिभोस्ट अब पोप लियो चौधौंको रूपमा चिनिने छन्। बिहीबार उनी नयाँ पोप बनेका हुन्। 

'तपाईंहरू सबैलाई शान्ति मिलोस्,' शिकागोमा जन्मेका पोप-निर्वाचितले भ्याटिकनमा उत्साहित भीडलाई इटालियन भाषामा भने, 'दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईंहरूका परिवारहरूलाई, तपाईंहरू सबैलाई, जहाँ भए पनि शान्तिको शुभकामना पठाउन चाहन्छु। तपाईंहरूमा शान्ति रहोस्।'

उनले आफ्ना पोप फ्रान्सिसलाई श्रद्धाञ्जली अर्पण गर्दै उनले मानिसहरूलाई आशीर्वाद दिए जसरी पोप फ्रान्सिसले सेन्ट पिटर्स स्क्वायरमा आफ्नो अघिल्लो उपस्थितिमा गरेका थिए।

त्यसपछि पोप लियो चौधौंले दुई दिने सम्मेलनमा आफूलाई निर्वाचित गर्ने कार्डिनलहरूलाई धन्यवाद दिए। एजेन्सी

प्रकाशित: २६ वैशाख २०८२ ०६:३३ शुक्रबार

#Pop