अन्तर्राष्ट्रिय

जापानकै सबैभन्दा वृद्ध व्यक्तिको ११५ वर्षमा हृदयघातबाट निधन

जापानकी सबैभन्दा वृद्ध व्यक्तिका रूपमा चिनिएकी ११५ वर्षीया ओकागी हयाशीको हृदयघातका कारण निधन भएको छ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सोमबार हयाशीको हृदयघातबाट मृत्यु भएको पुष्टि गरेको हो।

सन् १९०९ को सेप्टेम्बरमा जन्मिएकी हयाशीको २६ अप्रिलमा गिफु प्रान्तको टोकीस्थित आफ्नो गृहनगरको एक अस्पतालमा निधन भएको हो।

गत वर्ष डिसेम्बरमा ह्योगो प्रान्तको आसिया शहरकी ११६ वर्षीया एक महिलाको निधन भएपछि हयाशी जापानकी सबैभन्दा वृद्ध व्यक्ति बनेकी थिइन्।

हयाशीको निधनपछि आइची प्रान्तको कोटाकीकी ११४ वर्षीया माइन कोन्डो जापानकी सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन्। सिन्ह्वा

प्रकाशित: १६ वैशाख २०८२ ११:३५ मंगलबार