अन्तर्राष्ट्रिय

पाकिस्तानमा भीषण असिनापानी

बुधबार अचानक आएको असिनाले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागहरूमा विनाश मच्चाएको छ।

यस क्रममा सयौं सवारी साधन र घरका झ्यालका सिसा फुटेका छन्। बीबीसी उर्दूका अनुसार इस्लामाबादमा बस्ने मानिसहरूले आफ्नो जीवनमा यति ठूला असिना कहिल्यै नदेखेको बताएका छन्।

खैबर पख्तुनख्वा क्षेत्रमा पनि असिना परेको थियो र भारी वर्षाका कारण लन्डी कोटल डुबानमा परेको थियो। जसका कारण धेरै सवारी साधन पानीमा बगेका थिए।

असिनापानीका कारण धेरै कारका सिसा फुटेको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। एजेन्सी

प्रकाशित: ४ वैशाख २०८२ १०:१३ बिहीबार