अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै व्यापार वार्ताको निर्णय अब चीनको हातमा रहेको बताएका छन्।
‘बल चीनको कोर्टमा छ। चीनले हामीसँग सम्झौता गर्नुपर्छ। हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन,’ ट्रम्पका प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको वक्तव्यमा भनिएको छ।
‘चीन र अन्य देशबीच कुनै भिन्नता छैन, फरक केवल भूगोलको आकारमा छ,’ उनले भने।
ट्रम्पले अमेरिकी उड्डयन कम्पनी बोइङसँगको ठूलो सम्झौताबाट चीन पछि हटेको बताएपछि लेभिटको यो टिप्पणी आएको हो।
ब्लुमबर्गको समाचार अनुसार, बेइजिङले एयरलाइन्सहरूलाई बोइङका जेटहरूको थप डेलिभरी नलिन आदेश दिएको थियो। एएफपी
प्रकाशित: ३ वैशाख २०८२ १३:०८ बुधबार