अन्तर्राष्ट्रिय

ग्रिसमा २४ घण्टाको आम हड्ताल

अपर्याप्त तलब वृद्धिको विरोधमा ट्रेड युनियनहरूले बुधबार २४ घण्टाको हड्तालको आह्वान गरेपछि ग्रिस प्रभावित भएको छ।

यातायात, अस्पताल र विद्यालयहरू लगायत सार्वजनिक सेवाहरू ठप्प हुँदा हजारौं हडतालकारीहरूले एथेन्सको केन्द्रमा मार्च गरेका थिए। 'हामी उचित ज्याला चाहन्छौं, रोटीको टुक्रा होइन', ग्रिक संसदको अगाडि प्रदर्शनकारीहरूले उठाएका ब्यानरहरूमा लेखिएको थियो।

सरकारले हालैका वर्षहरूमा ज्याला र पेन्सन बढाएको छ। यद्यपि युनियन र प्रदर्शनकारीहरूले घरपरिवार र साना व्यवसायहरू अझै पनि जीविकोपार्जन गर्न संघर्ष गरिरहेको भन्दै प्रदर्शन गरेका हुन्। उनीहरूले थप उदार वृद्धि, साथै मुद्रास्फीतिको दबाब र आवास संकट कम गर्न उपायहरूको लागि आह्वान गरेका छन्। एजेन्सी

प्रकाशित: २८ चैत्र २०८१ १२:३६ बिहीबार