अन्तर्राष्ट्रिय

बंगालको खाडीमा भूकम्प

भारतीय राज्य पश्चिम बंगालमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। 

भारतीय समयानुसार मंगलबार बिहान ६ः१० बजे भूकम्प गएको हो। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार यसको केन्द्रबिन्दु बंगालको खाडी थियो। 

भूकम्प ५.१ रेक्टर स्केल मापन गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले एक्समा ‘भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा थियो’ भनेको छ। 

यसअघि गत सोमबार बिहान ५ः३६ बजे दिल्ली–एनसीआरमा ४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

प्रकाशित: १३ फाल्गुन २०८१ ०८:२९ मंगलबार

#NagarikNews #Earthquake